जलविद्युतको आईपिओ निष्कासन रोक्नु हुँदैनः कुलमान घिसिङ

आर्थिक लाइभ
आर्थिक लाइभ ६ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आईपिओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी शेयर खोल्नुपर्ने बताए।

विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको बताएका छन् । हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भए पनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ। २८ हजार ५०० मेगावाट विद्युत् पु¥याउनको लागि विद्युत् प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको बताए।

‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने,‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’ प्राधिकरणसँग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसँग सम्झौता गरेको क्रस बोर्डर प्रसारण लाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ।

प्रतिक्रिया दिनुहोस्