१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ २४ माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । बिहीबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएका हुन् ।

चालु आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेटलाई घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । कटौती बजेट अनुसार चालुतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पूँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋणमा ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान गरिएको छ।
वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अर्थमन्त्री पौडेलले दाबी गरेका छन् ।बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनका लागि सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्