करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

आर्थिक लाइभ
आर्थिक लाइभ १७ माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता अनुसार काम हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २८औं वार्षिकोत्सव समारोहमा उनले कर प्रणालीमा चाहे अनुसारको सुधार गर्न नसकेको भन्दै व्यवसायीहरुले कर छल्न नसक्ने खालको कर प्रणाली स्थापित गर्नुपर्ने बताए ।

पुँजीबजारलाई दिगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चोरीहरुलाई प्रवेश हुन नदिनको लागि आइकनले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने पनि उनको भनाइ छ ।

यसको साथै, उनले सरकारले देशको अर्थतन्त्रको अगाडि आएका समस्याहरुलाई समाधान गर्नका लागि एकसाथ २९ वटा कानुनहरु संशोधन गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्