पुष्प मेला सकियो, एक करोड बढीको कारोबार

आर्थिक लाइभ
आर्थिक लाइभ ३ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ।

चार दिनसम्म चलेको मेलामा १ करोड दश लाखभन्दा बढीको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ। पुष्प मेला ५९ हजार बढीले अवलोकन गरेको एशोसिएशनका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए।

हाल नेपालका ५२ जिल्लामा दुई ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एशोसिएशनले जनाएको छ। जसमा एक हजार एक सय बढी पुष्प व्यवसायी संलग्न छन्।

यस क्षेत्रमा करिब ८ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार पाँच सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोडभन्दा बढी रहेको एशोसिएशनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्