एजेन्सी । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला निर्णय लिइरहेका छन्। यससँगै, उनका आफ्नै समस्याहरू पनि एक-एक गरी समाधान हुँदैछन्।

नयाँ मुद्दामा, सामाजिक सञ्जाल जायन्ट मेटाले ट्रम्पसँगकाे सम्झौतालाई अन्तिम रूप दिएको दाबी गरिएको छ।

समाचार एजेन्सी पीटीआईले एक मिडिया रिपोर्टलाई उद्धृत गर्दै ट्रम्पले कम्पनी विरुद्ध दायर गरेको मुद्दा समाधान गर्न आपसी सम्झौता भएको दाबी गरेकाे छ।
फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट यी कम्पनीहरू विरुद्ध दायर गरिएको मुद्दा सल्टाउन २ करोड ५० लाख डलर तिर्न सहमत भएको यस विषयसँग परिचित तीन व्यक्तिले बताएका छन्।
२०२१काे जनवरी ६ मा भएकाे क्यापिटल हिल आक्रमणपछि उनीहरूलाई सामाजिक सञ्जाल प्लाटफर्महरूमा प्रतिबन्ध लगाइएको विषय याे मुद्दासँग सम्बन्धित थियाे।




प्रतिक्रिया दिनुहोस्