काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको १५ दिनको समयसीमाभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङले १५ दिनभित्र बक्यौता नबुझाए उद्योगहरूको लाइन फेरि काटिदिने बताएका हुन् । ‘सरकारले नै १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको छ । यदि १५ दिनभित्र कुनै उद्योगले बक्यौता नतिरे फेरि लाइन काट्छौँ,’ उनले भने ।

कार्यकारी निर्देशक घिसिङले आफूहरूले सरकारले दिएको निर्देशन मानेर लाइन जोडेकाले बक्यौता नउठे त्यसको जिम्मा सरकार र ऊर्जा मन्त्रालयले लिनुपर्ने बताए ।
‘हामीलाई सरकारले २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएपछि लाइन काटिएका उद्योगमा पुन: लाइन जोडेका हौँ । सरकारले १५ दिनभित्र बक्यौता उठाउने भनेको छ । तर, बक्यौता समयसीमाभित्र उठेन भने त्यसको जिम्मेवारी सरकार र ऊर्जा मन्त्रालयले नै लिनुपर्छ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्