राजनीतिक गुटविरुद्ध ट्रेकिङ व्यवसायीहरु एकजुट

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) को नयाँ कार्य समितिका लागि यही भदौ १७ गते निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि अध्यक्षमा पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटाको उम्मेदवारी दर्ता गराइसकेका छन् । सापकोटालाई कांग्रेस र एमालेनिकट व्यवसायीको समर्थन छ । तर सापकोटाको राजनीतिक गुटविरुद्ध उत्रिँदै पाण्डेलाई विजयी गराउन व्यवसायहरुले जोड दिएका छन् ।

व्यवसायीहरुले टान राजनीति गर्ने अड्डा नभउको भन्दै दलहरुको गुटविरुद्ध सबै व्यबसायीलाई एक हुन अपील पनि गरेका छन् । सागर पाण्डेलाई जुझारु व्यावसायीको पनि साथ र समर्थन रहेको छ । पाण्डेले पर्यटन व्यवसायीको हक हितका लागि २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।

पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले समस्याहरु समाधानबारे स्पष्ट खाका बनाएको बताएका छन् ।
उनले देशको समग्र पर्यटन पिवकासमा नयाँ आयाम ल्याउने पनि उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्