सागर पाण्डे : सफल पर्यटन व्यवसायीदेखि कुशल नेतृत्वसम्म

आर्थिक लाइभ
आर्थिक लाइभ ४ भाद्र २०८१, मंगलवार
4 Min Read
Aa

काठमाडौं । पर्यटन क्षेत्रमा जल्दोबल्दो नाम हो सागर पाण्डे । २२/२३ वर्षको उमेरदेखि नै पर्यटन क्षेत्रमा लाग्नु भएका पाण्डेले यसै क्षेत्रमा करिब ३० वर्ष बिताइसक्नु भएको छ । जसलाई पर्यटन क्षेत्रका व्यबसायीहरु एक असल, इमान्दार तथा सफल र नेतृत्व क्षमता बोकेको व्यबसायीका रुपमा चिन्ने गर्दछन् ।

बाल्यवस्था र शिक्षा

 

२०२८ सालमा काठमाडौं वीर हस्पिटलमा जन्मिनु भएका पाण्डेका बुबा, आमा, दिदीहरु काठमाडौंकै कालधारामा बस्नुहुन्थ्यो । बुबा महान्यायाधिवक्ता कार्यालयमा जागिरे हुनुहुन्थ्यो । जसले गर्दा पाण्डेको बाल्यकाल सुखमयमै बित्यो । उहाँ ५,६ वर्षको उमेरसम्म काठमाडौंमै बस्नुभयो । ‘क’, ‘ख’ उहाँले जिपी हाइस्कुलमा पढ्नुभयो ।

बाल्यकालको सम्झना गर्दै पाण्डे भन्नुहुन्छ, ‘मलाई अहिलेपनि सम्झना छ, त्यो कालधारा नजिकैको विष्णुमतीमा पौडी खेलेको, माछा मारेको, त्यहि सडकमा साइकल चलाएको ।’

गाउँको ठूलो परिवार, त्यसकारण पनि उहाँको आमा गाउँ (गोरखा) जानुपर्ने भयो । आमासँगै पाण्डे पनि गाउँ जानुभयो । गाउँमा गएपछि उहाँले सात कक्षाबाट पढाइ शुरु गर्नुभयो । अन्ततः गोरखा सदरमुकामको शक्ति माविबाट २०४४ सालमा ७३ प्रतिशत ल्याएर एसएलसी पास गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘फस्ट डिभिजन ल्याएपछि साइन्स पढ्नुपर्छ, डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने थियो । अर्को छोराले कमर्स पढ्न हुँदैन, छोरी मान्छेले नर्स पढ्न हुँदैन भन्ने थियो । पढ्नकै लागि २०४५-०५६ सालमा म काठमाडौंको अमृत साइन्स कलेजमा भर्ना भए । फिजिक्स विषय लिएर पढे । आइएसी सकिएपछि मलाई इन्जिनियरिङतिर जान मन लागेन । त्यसपछि माइनिङ इन्जिनियरिङ पढ्ने भनेर त्रिचन्द्र कलेजको जियोलोजी डिपार्टमा भर्ना भए । र जियोलोजीमा ग्राजुएसन गरे ।’ त्यसपछि भने पाण्डेको पढाइ अगाडि बढेन । उहाँ थप्नुहुन्छ, ‘मेरो सोंच माइरिङ इन्जियिरिङ जियालोजिस्टमा जाने इच्छा थियो । संयोगवस पर्यटन क्षेत्रमा आइयो ।’

सानै उमेरदेखि केही गरौँ भन्ने भावनाका साथ अगाडि बढ्नुभएका पाण्डेले विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको पार्टनरमा हार्ड रक

ट्रेक्स एण्ड एक्पीडिसन स्थापना गरी नेपालको पर्वतीय पदयात्रा पर्यटनलाई अगाडि बढाउनुभएको थियो ।

साथीसँग काम गर्दागर्दै पर्यटन क्षेत्रको अनुभव बटुल्नुभएका पाण्डेले सन् १९९८ मा आफैँले हिमालयन ग्ल्यासियर टे«किङ स्थापना गर्नुभयो । उक्त टे«किङ कम्पनी हालसम्म पनि सञ्चालनमा रहेको छ ।

ट्रेकिङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गर्नुभयो । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डेको हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौं होटल, काठमाडौं ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा रहेका छन् ।

पाण्डेले सञ्चालन गरेको व्यवसायबाट हाल ५०० भन्दा बढीलाई प्रत्यक्ष्य रोजगारी प्रदान गर्नुभएको छ । ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा राम्रो पहिचान बनाउनुभएका पाण्डे मजदूर र व्यवसायीका समस्या, हकहितका विषय उठाउने व्यक्ति हुनुहुन्छ ।

‘पर्यटन क्षेत्र एउटा महासागर रहेछ’

पाण्डे पर्यटन क्षेत्रमै लागेको तीन दशक भइसकेको छ । उहाँ भन्नुहुन्छ, ‘पर्यटन क्षेत्रमा लाग्ने योजना पनि थिएन, तर अकस्मात यो क्षेत्रमा आइयो । पर्यटन क्षेत्र एउटा महासागर रहेछ । यहि क्षेत्रमा रमाइ रहेको छु । सबै हिसाबले खुसी छु । यत्रो इन्ड्रष्ट्रिको माझमा बस्न पाएको छु । व्यवसायको हिसाबले एउटा समुन्द्रको बीचमा तैरिन पाएको छु ।’

टानमा कुशल भूमिका निर्वाह

ट्रेकिङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव भएर कुशल भूमिका निर्वाह गर्नुभएको थियो ।

महासचिव हुँदा नेपालको पर्वतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गर्नुभएका थियो । उहाँ भन्नुहुन्छ, ‘हाम्रै कार्यकालमा ‘क्राइसिस’ को समय थियो । त्यो बेला हामीले धेरै राम्रो कामहरु ग¥यौं । टुरिजम बोर्डको वेतिथिकाविरुद्ध आवाज उठायौं । जसले राष्ट्रिय रुपमा टानको पहिचान बढायो । अहिले अन्तर्राष्ट्रिय रुपमै टानको महत्व बढ्दै गएको छ ।’ टानको कार्यसमितिमा रहेर लामो समय काम गर्नुभएका पाण्डेले २०४९ सालदेखि निरन्तर नेपालको पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय रुपले लागि रहनुभएको छ ।

सहयोगी व्यक्तित्व

एक सामाजिक अभियन्ता, समाजसेवी, विशाल मनका धनी पाण्डेले दीन दुःखीलाई समेत सहयोग गर्दै आउनुभएको छ । उहाँ चाइल्ड इन्भारमेन्ट नेपालका अध्यक्षका साथै थुप्रै सामाजिक संघसंस्थामा समेत आवद्ध रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्