पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी

आर्थिक लाइभ
आर्थिक लाइभ १० श्रावण २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सरकार परिवर्तन भएसँगै नयाँ सरकारले विभिन्न पदमा नियुक्ति गर्न शुरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनी यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव थिइन् । यसका साथै उनी नेपालको निजामती सेवाको उच्च पदमा पुग्ने मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् ।उनले ५८ वर्ष उमेर हदका कारण २०८१ भदौ १५ गते अनिवार्य अवकाश पाउने छिन् ।

यसैगरी, सोही बैठकले यस अघिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनवहादुर श्रेष्ठलाई फिर्ता बोलाउँदै आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्