काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले करिब दुई वर्षदेखि अर्थतन्त्रमा शिथिलता आएकोले अब यसलाई मौद्रिक नीतिले गतिशिलता दिनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सुझाव दिने उद्देश्यले महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्रलाई गति दिन राष्ट्र बैंकलाई सक्दो लचिलो नीति लिन सुझाव दिएका छन्।

बजार चलायमान बनाउने नीति अझै आउन नसक्दा ब्यबसायी र आम जनतामा निराशा छाएको उनको बुझाई छ । त्यसलाई मौद्रिक नीति मार्फत सच्याउनुपर्ने उनको माग छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले बजार चलायमान बनाउन नसकेको हुँदा आगामी नितिले त्यसलाइ सुधार गरेर जानू पर्ने ढकालको तर्क थियो।
‘आर्थिक रुपमा केही सुधार भए पनि देखिएको निराशालाई चिर्नेगरी सन्जिबनी बुटिको रुपमा मौद्रिक नीति ल्याउनुपर्छ। उनले भने,‘ अहिले मुलुकमा थुप्रिएको वैदेशिक मुद्राको सञ्चितिले पनि आर्थिक गतिविधि सुस्ताएको संकेत गर्दछ ।’ खराब कर्जा (एनपिए) मा वृद्धि भएकाले अहिलेको समय बैंकहरुलाई पनि बचाउनुपर्ने समय रहेको र व्यापार नभएकाले व्यवसायीहरुले ऋणको सावाँ ब्याज तिर्न सकिरहेका उल्लेख गर्दै उनले मौद्रिक नीति बैंक र व्यावसायी दुबै बचाउने सन्जिवनी बुटि बन्नुपर्ने बताए ।




प्रतिक्रिया दिनुहोस्