भारतले रच्यो इतिहास

आर्थिक लाइभ
आर्थिक लाइभ ६ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

एजेन्सी । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान-३ को अवतरण गराउने भारत विश्वकै पहिलो मुलुक बनेको छ । भारतीयहरुले पनि यसलाई इतिहास रचेको संज्ञा दिएका छन् । चन्द्रमामा अवतरणसँगै चन्द्रयान-३ ले त्यहाँको अध्ययन गरी थप जानकारी जुटाउनेछ ।

गत १४ जुलाईको दिउँसो २:३५ बजे भारतको श्रीहरिकोटाबाट उडान भरेको चन्द्रयान-३ ले ४० दिनको यात्रा पूरा गरेर चन्द्रमाको सतहमा सफल अवतरण गरेको हो । चन्द्रमामा चन्द्रयान-३ को सफल अवतरणसँगै भारतमा खुसियाली मनाइएको छ । भारतीय प्रधानमन्त्रीले समेत यसलाई मुलुकको सफलताका रुपमा लिएको जनाएका छन् ।

यो यानले चन्द्रमाको कम अनुसन्धान भएको दक्षिणी धुव्रमा बरफको खोजी गर्नेछ । जुन यो मिसनको मुख्य उद्देश्य हो । बरफ भेटिएको अवस्थामा चन्द्रमामा मानव बस्ती विकास गर्न सहयोग पुग्ने वैज्ञानिकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

Array