काठमाडौं । भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।
तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो।
प्रतिक्रिया दिनुहोस्