श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सृजना गर्ने   

आर्थिक लाइभ
आर्थिक लाइभ १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

कोलम्बो  । श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले आगामी केही वर्षहरूमा करिब ८७ हजार रोजगारीका अवसरहरू सृजना गरिने भएको छ । विदेशमन्त्री अली साब्रीले बुधबार संसद्मा सो कुरा बताएका हुन् । श्रीलङ्कालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने साब्रीको विश्वास छ ।

मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलङ्काले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् । कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array