बेलायती अर्थतन्त्र मन्दीबाट सुध्रिदै

आर्थिक लाइभ
आर्थिक लाइभ २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

एजेन्सी । बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ । जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)ले जनाएको छ ।
ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो । अर्थमन्त्री जेरेमी हन्टले बेलायतले मन्दीबाट जोगिन गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि बढ्दो उच्च उपभोक्ता मूल्यको बारेमा भने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array