आर्थिक संकटमा डेल कम्पनी

आर्थिक लाइभ
आर्थिक लाइभ २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

एजेन्सी । पर्सनल कम्प्युटर निर्माता चर्चित अमेरिकी प्रविधि कम्पनी डेलले फेरि एकपटक कर्मचारी कटौती गर्ने भएको छ । यसबाट डेल कम्पनीमा कार्यरत ६ हजार ६५० भन्दा धेरैले जागिर गुमाउने छन् । यो संख्या कम्पनीमा विश्वभर कार्यरत कूल कर्मचारीको ५ प्रतिशत हो । यसअघि सन् २०२० मा पनि कोरोना महामारीलाई कारण देखाउँदै डेलले केही कर्मचारी कटौती गरेको थियो ।
उसो त कोरोना महामारी र पछिल्लो आर्थिक मन्दीलाई कारण देखाउँदै विश्वका चर्चित र ठूला कम्पनीहरुले व्यापक रुपमा कर्मचारी कटौती गरिरहेका छन् । त्यो सूचिमा डेलले आफूलाई पनि समावेश गरेको हो ।

ब्लुम्बर्गका अनुसार डेल कम्पनीले यसअघि नै नयाँ कर्मचारी भर्ना बन्द गरिसकेको छ । त्यसका अलावा कम्पनीले कर्मचारीहरुको भ्रमणमा समेत रोक लगाएको थियो । तर त्यत्तिले मात्र पर्याप्त खर्च कटौती हुन नसकेको भन्दै डेलले कर्मचारी कटौती गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array