चिति खुल्ला फटबल प्रतियोगिताः प्रथम पुरस्कार प्रायोजक बुढाथोकी, दोस्रोको तिवारी

आर्थिक लाइभ
आर्थिक लाइभ २३ माघ २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । ‘शान्ति, एकता र विकासमै मन, युवा जोश र सहि ज्ञान’ भन्ने मूल नाराका साथ, यहि फागुन ०१ गते लमजुङ बेसिशहर नगरपालिका ११ मा हुने प्रतियोगिताका लागि देश विदेशबाट सहयोग प्राप्त भइ रहेको छ ।

चिति युवा क्लबद्वारा आयोजना हुने तेस्रो ‘सेभेन ए साइड’ खुल्ला फुटबल प्रतियोगिताको पहिलो पुरस्कार नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । उक्त पुरस्कारको प्रायोजकको रुपमा बेसिशहर नगरपालिका ११ चिति घर भइ हाल अमेरिकामा रहेका ध्रुब बहादुर बुढाथोकी रहेका छन् । उनले विगतदेखि नै प्रथम पुरस्कारको प्रायोजन गर्दै आएका छन् ।

यस्तै प्रतियोगिताको दोस्रो पुरस्कार नगद ४५ हजार ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । दोस्रो पुरस्कारको प्रायोजन बेसिशहर नगरपालिका ११ चिति घर भइ हाल अमेरिकामा बस्दै आएका जगदीश तिवारीले गरेका छन् ।

प्रतियोगितामा सेमि फाइनलमा प्रवेश दुवै टिमले नगद १० हजार प्राप्त गर्ने छन् । यस्तै सर्वाधिक गोलकर्ताले नगद २५ सय, ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र, उत्कष्ट गोल रक्षकले नगद २५ सय ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नेछन् ।
प्रतियोगिताका देश तथा विदेशमा रहेका समाजसेवी एवं फुटबलप्रमिहरुले सहयोग गरिरहेका क्लवका उपाध्यक्ष रवि दुलालले बताए ।
प्रतियोगिताका लागि यहि माघ २९ गतेदेखि फागुन १ गते बिहान ११ बजेसम्म टिम दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

Array