रहेनन् पेले

आर्थिक लाइभ
आर्थिक लाइभ १५ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

एजेन्सी । महान फुटबल खेलाडी पेलेको निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग संघर्षरत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन्।

पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए।

पेलेले जम्मा ४ वटा विश्वकप खेले। जसका तीनवटाको उपाधि उचाले। उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्। उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए।

पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले। जसमा उनले १२ सय ८१ गोल गरे। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array