बीमा संस्थानका कर्मचारी आन्दोलित, केन्द्रीय कार्यालयमा धर्ना

आर्थिक लाइभ
आर्थिक लाइभ ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । सरकारी लगानीको  भएका छन् । राजनीतिक नियुक्तमा आएका अध्यक्ष तथा प्रमुख प्रशासकले चरम भ्रष्टाचार गरेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ अन्तर्गतको राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ आन्दोलित भएका हुन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघको संस्थान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ र राष्ट्रिय बीमा संस्थान कर्मचारी संघका अध्यक्ष मनोज गौतमले संयुक्त रुपमा विज्ञप्ति निकालेर आन्दोलनमा उत्रिएको हो ।
दुवै संघले ८ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएको छ । संघले संस्थानको केन्द्रीय कार्यालय रामाशाहपथमा धर्ना दिँदै आएको छ । सोही क्रममा यही पुस १ गते धर्ना दिन खोज्दा प्रमुख प्रशासक कवि पाठक र अध्यक्ष ईश्वर पौडेलले प्रहरी प्रशासन बोलाएर दादागिरी देखाएको आरोप दुवै संघले लगाएको छ ।

संस्थानभित्र १० वर्षदेखि लेखापरिक्षण नगरिएको, एक्चुरी भ्यालुएशसन समेत नभएको, खाद्य संस्थानले प्रयोग गर्दै आएको जग्गा आफ्ना नाममा ल्याउन नसकेको, बीमा ऐन अनुसार पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्नेमा नभएको अल्पकालिन लगानी गरेर चरम भ्रष्टाचार मौलाएको, पुँजी वृद्धिको योजना अघि नबढाएको जस्ता आरोपहरु अध्यक्ष तथा प्रमुख प्रशासकमाथि लगाइएको छ ।

कर्मचारीहरुले अध्यक्ष र प्रमुख प्रशासक मिलेर मिलिजुली भागशान्ति गरेर भ्रष्टाचार गरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array