कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकीले १५ दिनभित्र कागजात बुझाउनुपर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ ४ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा गरी पीसीआर पोजेभिट भै कम्पनीहरुमा दाबीका लागि जानकारी दिएका तर आवश्यक कागाजातहरु नबुझाएका बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ ।

संघले आज एक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक कागजात नबुझाएका बीमितहरुलाई यस सूचना जारी भएको १५ दिनभित्र अथवा पुस १८ गतेसम्म दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन भनेको हो ।

‘कोरोना बीमा गरी पीसीआर पोजेटिभ भै निर्जीवन बीमा कम्पनीहरुमा दाबीको जानकारी गराई हालसम्म पनि आवश्यक कागजातहरु नबुझाएका दाबीकर्ताहरुलाई बीमा कम्पनीहरुले बारम्बार ताकेता गर्दा समेत आवश्यक कागजात नबुझाएको हुँदा यो सूचना जारी भएको मितिले १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीहरुमा सम्पर्क गरी सम्पूर्ण कागजात बुझाउन हुन जानकारी गराउँछौं,’संघले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array