भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई २५ लाख पुरस्कार दिइने

आर्थिक लाइभ
आर्थिक लाइभ २७ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

 काठमाडौँ । भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ । देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको चर्चित अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्य सहित केही चिन्तित नागरिककै पहलमा ठुलो राशीको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौँ ।’ वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्