थापाथली सुकुम्बासी वस्ती हटाउन माग गर्दै मेयर शाहलाई ज्ञापनपत्र

आर्थिक लाइभ
आर्थिक लाइभ २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुम्बासीका कारण खोला प्रदुपषत भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन्

अस्तव्यस्थ बसोबास र दिउँसै खुला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महसुस गरेको उल्लेख गरेका छन् ।

उक्त बस्तीमा रहेका वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुम्बासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

Array