अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल

आर्थिक लाइभ
आर्थिक लाइभ १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा उछाल आएको छ।

अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब १ प्रतिशतले बढेको छ। युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरुले यो सम्झौता गरेका हुन्। जुन सोमबारदेखि लागू भएको छ

घट्दो आर्थिक वृद्धिदर र बढ्दो ब्याजदरका बीचमा ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन घटाउने आफ्नो निर्णयमा अडिग रहेपछि यो सम्झौता भएको हो । ओपेक प्लस २३ तेल निर्यात गर्ने देशहरुको समूह हो। जसमा रुस पनि समावेश छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल कति बिक्री गर्ने भन्ने निर्णय गर्न ओपेकको नियमित बैठक बस्ने गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array