पर्यटकको लागि आकर्षक गन्तव्य लमजुङको हर्सिङ डाँडा

आर्थिक लाइभ
आर्थिक लाइभ १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

लमजुङ । लमजुङको मर्स्याङ्दी –३ मा अवस्थित मनमोहक हर्सिङ डाँडा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको लागि आकर्षक केन्द्र बन्न थालेको छ । दैनिक रुपमा उक्त क्षेत्रमा पर्यटकहरु आउने गरेका छन् । यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराउने गरेको इतिहासमा उल्लेख छ । यसै वडामा वि.सं.१८०२ सालमा खुदीको ढंगैबेसीमा जन्मिनु भएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउँथे ।

हर्सिङडाँडामा गाईबस्तु चराएका भक्ति थापा वि।सं। १९७१ मा नेपाल-अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका । उनले पहिले लमजुङका राजा केहरि नारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ । गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धवन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न थिए ।

१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएको इतिहास छ । केहि समय अघि हर्सिङडाँडाबाट प्याराग्लाईडिङ समेत परीक्षण गरिएको थियो।

तस्बिरः सुरेन्द्रमान घले

प्रतिक्रिया दिनुहोस्