वैदेशिक रोजगारः मलेसियामा २ नेपाली सुरक्षा गार्ड मृत फेला

आर्थिक लाइभ
आर्थिक लाइभ १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । मलेसियामा दुई नेपाली सुरक्षा गार्ड मृत फेला परेका छन् । मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको एनएसटी डटकम मलेसियाले जनाएको छ। उनीहरुको अनुहारमा चोट लागेको पाइएको छ। मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरु कामदारहरुको क्यान्टिनको भुइँमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरीका प्रमुख असिस्टेन्टन कमिसनर नन्द मरोफले त्यही क्यान्टिनको एक जना नेपाली सञ्चालकलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र डाक्टरको टोली पुगेको थियो। डाक्टरको टोलीले तत्कालै उनीहरुलाई मृत घोषित गरेको थियो। उनीहरुको अनुहारमा रगत र चोट भेटिएको थियो। घटनाको प्रकृतिअनुसार मदिरा पिएर झगडा भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array