अर्थमन्त्री शर्मा भन्छन्, ‘अर्थतन्त्र संकटमा छैन’

आर्थिक लाइभ
आर्थिक लाइभ १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनको २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा केही चुनौती बाँकी भए पनि संकट नभएको बताएका हुन्।

‘अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो,’ उनले भने, ‘यद्यपि, केही चुनौती छन्। त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ।’

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको स्पष्ट पारे। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्

Array