केरा खेतीबाट वार्षिक एक करोड आम्दानी

आर्थिक लाइभ
आर्थिक लाइभ १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका –२ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन् । खेतबारी,पाखा,कान्ला र खोल्साहरु सबैतिर केरा खेतीले छपक्कै ढाकेको छ । गाउँभरी नै केरा नै केरा देख्न सकिन्छ । खबराका करिब चारसय घरधुरीले करीब १८ हेक्टर क्षेत्रफलमा व्यवासायिक रुपमा हजारी जातको केराको खेती गर्ने गरेको छन् ्रखबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस समेत हुने कृषकहरु बताउँछन् ।
बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’सहितको कार्यक्रम समेत राखेको छ । २० वर्ष अघि खबरका मानबहादुर थापाले मात्र केरा खेती गर्थे । थापाले नै गाउँमा केरा खेतीको सुरुवात गरेका हुन् । थापाले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको किसानहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array