पोर्चुगलमा लमजुङ हिलेटक्सारका भक्तराज गुरुङको निधन

आर्थिक लाइभ
आर्थिक लाइभ ११ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका एक नेपालीको निधन भएको छ । लमजुङ दोर्दी गाउँपालिका वडा नं ९ हिलेटक्सारका भक्तराज गुरुङको निधन भएको हो ।
विगत पाँचदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएका गुरुङको शनिबार बिहान अस्पतालमा निधन भएको लमजुङ समाज पोर्चुगलले जनाएको छ । शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किएका गुरुङको एक्कासी टाउको दुखेपछि परिवार, साथीभाई र आपत्तकालिन सेवाका डाक्टरको सहायताबाट थप उपचारका लागि अस्पताल लगिएको थियो । तर उनको त्यहि उपचारका क्रममा निधन भएको हो ।
गुरुङ उच्च रक्तचापको बिरामी थिए । गुरुङ विगत ९ बर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । गुरुङको निधनमा नेपाली समाज, लमजुङ समाज पोर्चुगल र गैरआवासीय नेपाली संघ, पोर्चुगलले समवेदना प्रकट गरेको छ । उनको शव नेपाल पठाउने तयारी भइरहेको गैर आवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array