कुमारी बैंक र अप्टिक आइजबीच सम्झौता, यस्तो छ सुविधा

आर्थिक लाइभ
आर्थिक लाइभ २८ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक र अप्टिक आइज, चाबहिलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताबमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकहरूलाई फ्रेम र सनग्लासमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि: शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ।

विगत २३ वर्षदेखि बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित सेवा प्रदान गर्दै आइरहेको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्