कुमारी बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफबाट स्वास्थ्य सेवा लिँदा १० हजार छुट

आर्थिक लाइभ
आर्थिक लाइभ ८ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक र काठमाडौंको नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य नेचुरल आईभीएफका देशभरि रहेका शाखाहरूबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँ छुट प्रदान गरिनेछ । साथै, उपचारका क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन् क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्