ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

आर्थिक लाइभ
आर्थिक लाइभ २२ आश्विन २०८१, मंगलवार
0 Min Read
Aa

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्