कुमारी बैंकका ग्राहकलाई धुलिखलको दुसित ठानी हिमालयन रिसोर्टमा छुट

आर्थिक लाइभ
आर्थिक लाइभ २५ भाद्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंकका ग्राहकलाई धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टले विशेष छुट दिने भएको छ । दुई कम्पनीबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले दुसित ठानी हिमालयन रिसोर्टमा पाइने सेवासुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

यसअन्तर्गत रिसोर्टमा उपलब्ध खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पुल, ज्याकुजी, सिटीम तथा सोनामा बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा उक्त छुट पाउने छन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा गरेको छ ।

२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्