कुमारी बैंकले उद्यमशिलता प्रवर्द्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

आर्थिक लाइभ
आर्थिक लाइभ १६ भाद्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रवर्द्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको छ ।

यस योजना अन्तरगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआरमार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले दुईलाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फतनै गर्न सकिने भएकोले ब्यावसायिहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन् । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनिहरुको उद्यमशिलता प्रवर्द्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्