काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनामा लागि पछिल्लो महिनाको मसान्तमा नयाँ ब्याजदर अनिवार्य सार्वजनिक गर्नुपर्ने नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै असारका लागि निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । जेठ महिनाका बैंकहरुले न्यूनतम ५.६६ प्रतिशतदेखि ७.८ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए ।
असार महिनाका लागि हिमालयन बैंक, माछापुच्छ्रेे बैंक र नबिल बैंकले क्रमशः ८.२५ प्रतिशत, ७.५ प्रतिशत र ७ प्रतिशतले बाहेक बाँकी १८ वटा बैंकले ब्याजदर बढाएका छैनन् । जेठ महिनाका लागि हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशत र नबिल बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

जेठका लागि ५.६६६१ प्रतिशत ब्याजदर प्रदान गरेको कृषि विकास बैंकले असार महिनाका लागि पनि सोही ब्याजदर तोकेको छ । यस्तै, नेपाल बैंकले पनि यसै महिनाको ६.७५ प्रतिशतको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने जनाएको छ ।
इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशतकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिएका छन् । प्रभु बैंकले पनि हालको ७.५ प्रतिशतकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
तर एभरेस्ट, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम कमर्सियल, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने केही ब्याजदर घटाएका छन् ।
बैंकहरूले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
| बैंक | जेठ २०८१ | असार २०८१ |
| कृषि विकास | ५.६६६१ | ५.६६६१ |
| एभरेस्ट | ६.५ | ५.७५ |
| राष्ट्रिय वाणिज्य | ६.४ | ६.२२ |
| एसबीआई | ६.३९ | ६.३० |
| लक्ष्मी सनराइज | ७ | ६.५ |
| ग्लोबल आईएमई | ७.५ | ६.५ |
| कुमारी | ७.२६ | ६.५६ |
| प्राइम | ७ | ६.७५ |
| नेपाल | ६.७५ | ६.७५ |
| सानिमा | ६.९ | ६.८ |
| सिटिजन्स बैंक | ७ | ६.९ |
| नबिल बैंक | ६.७५ | ७ |
| इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
| सिद्धार्थ | ७ | ७ |
| स्ट्यान्डर्ड चार्टर्ड | ७ | ७ |
| माछापुच्छ्रे | ७.२६ | ७.५ |
| प्रभु | ७.५ | ७.५ |
| एनएमबी | ७.८ | ७.६९ |
| एनआईसी एसिया | ७.८ | ७.६९ |
| हिमालयन | ७.५ | ८.२५ |




प्रतिक्रिया दिनुहोस्