काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा महंगी, आयातनिर्यात घटेको छ भने नेपाल भित्रिने रेमिट्यान्स उल्लेख्य रुपमा बढेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा प्रमुख सूचकहरु सुधारात्मक देखिएका छन्।

बैंकका अनुसार वैशाख मसान्तसम्म आयात २.४ प्रतिशतले, निर्यात ३.६ प्रतिशतले र वस्तु व्यापारघाटा २.३ प्रतिशतले घटेको छ। तर रेमिट्यान्स १९.२ प्रतिशत र विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको छ। यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा पनि बढेको छ।

यस्तो छ देशको प्रमुख वित्तीय सूचकको अवस्था—




प्रतिक्रिया दिनुहोस्