यसरी मनाइयो २८ औं महानगर दिवस (तस्बिरहरू)

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगपालिकाले २८ औं महानगर दिवस मनाएको छ।  बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवसको उपलक्ष्यमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो।

उक्त कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन र काठमाडौं- २ की नवनिर्वाचित सांसद सोविता गौतमको उपस्थिति थियो।  यसपटक महानगरले सप्ताह व्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो।  यस्तै, महानगरले विभिन्न विभागबाट राम्रो काम गरेका व्यक्तिहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। विभिन्न संस्कृति झल्किने हस्तकला सामग्री प्रदर्शनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्