वार्ता चलिरहेका बेला निगममा एयर होस्टेसमाथि हातपात

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश  गरेपछि नेपाल वायुसेवा निगमको कार्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।

नेपाल वायुसेवा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा भइरहेको  वार्तामा जानकारी बिना प्रवेश गरेका ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको संघकी एक पदाधिकारीले बताइन् ।वार्तास्थलमा तनाव उत्पन्न भएपछि न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ ।

डिएसपी शर्माले क्याबिन क्रु जाइलागेको अभियोगमा दुई जना ट्रेड युनियनका नेतालाई नियन्त्रणमा लिएको बताए । निगममा अहिले वार्ता बिथोलिएको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल  गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कानबाट रगताम्य भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्