नाडा अटो शो २०२४ मा यामाहाले ल्यायो एड्भेन्चर बाइकको दुई मोडल

आर्थिक लाइभ
आर्थिक लाइभ १२ भाद्र २०८१, बुधबार
3 Min Read
Aa

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन दुई  एडभेन्चर बाइक को अनावरण गरेको छ। माननिय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका का साथसाथै एरोक्स, यामाहा एप जेड एस डिलक्सका प्रदर्शनमा सहभागीलाई आकर्षित   गरेेको  कम्पनीको बुुझाई छ ।

शोको उद्घाटनकै दिनमा सार्वजनिक गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ । यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि पुरै उद्योगमा अग्रस्थानमा पर्छन् । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्य कुनै पनि चुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको छ ।

इभेन्टमा आगन्तुकहरू डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट प्रभावित देखिएका छन्। यसले यामाहाको इनोभेसन र पर्फर्मेन्समा अग्रणीको रूपमा कायम प्रतिष्ठालाई पनि बलियो बनाएको छ। डिस्प्लेमा राखिएको भर्खरै लन्च भएको यामाहा एमटी–१५ भर्सन २ ले आफ्नो आक्रामक स्टाइल, नयाँ सुविधाहरूको लहर र रोमाञ्चक पर्फर्मेन्सले यामाहा स्टलमा थप उत्साह बढाएको छ ।

एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू समावेश छन्, जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन्। यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।

बाइक शोकेसका अतिरिक्त यामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्य गतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको छ। कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई रू. ६००० विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ। यसले गर्दा यामाहा फ्यानहरूका लागि यो इभेन्ट अझ अविस्मरणीय बनिरहेको छ ।

नाडा अटो शो २०२४ यहि भाद्र १६ गतेसम्म जारी रहनेछ भने यसले आगन्तुकहरूलाई यामाहाका नवीनतम अफरहरूको अनुभव गर्न प्रशस्त समय दिनेछ। स्टल नम्बर एमएम १५ को भ्रमण गर्ने र यामाहा डब्लूआर १५५ आरको साथमा एडभेन्चर बाइकिङको भविष्यको साक्षी बन्न पनि यामाहाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्