नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हुन्डाईले पायो सकारात्मक प्रतिक्रिया

आर्थिक लाइभ
आर्थिक लाइभ २६ श्रावण २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं । हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा आफ्नो पहिचान मजबुत बनाएको छ।

हुन्डाई नेपालले सुरुमा एक विश्वसनीय आयातकको रूपमा यात्रा सुरु गरेको भए पनि अहिले घर–घरमा चिनिने ब्राण्ड बन्न सफल भएको छ। Santro, Grand i10 NIOS, i20, Aura, Venue, Verna, Creta, Tucson, Santa Fe र Palisade जस्ता लोकप्रिय मोडेलहरू बजारमा उपलब्ध गराएको छ। साथै, IONIQ 5 Electric, Kona Electric र Creta Electric जस्ता विद्युतीय सवारी साधनहरू पनि नेपाली ग्राहकका लागि ल्याइएको छ।

कम्पनीले भरपर्दो, इन्धन बचत र टिकाउ सवारी साधनका रूपमा आफूलाई स्थापित गरेको छ। ग्राहकलाई प्राथमिकता दिँदै लक्ष्मी इन्टरकन्टिनेन्टलले आधुनिक सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिम प्राप्त प्रमाणित प्राविधिकहरूको संयन्त्र सञ्चालनमा ल्याएको छ।

२०८१ बैशाख २८ मा लक्ष्मी मोटर कर्पोरेसनले रामग्राम, परासीमा नेपालको पहिलो कार असेंबली प्लान्ट उद्घाटन गरी हुन्डाई सवारीसाधनको स्थानीय उत्पादन सुरु गरेको थियो। उत्पादन सुरुवात भेन्यु मोडेलबाट भएको थियो र पछि क्रेटा मोडेलको उत्पादन पनि थालिएको छ। भविष्यमा थप मोडेलहरूको उत्पादन गर्ने योजना पनि रहेको छ।

हुन्डाईको यो सफलताले नाइमा आयोजना भएको नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पनि सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्