काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंक खोल्नका लागि लाइसेन्स तत्काल बाँड्न सकिने अवस्था नरहेको बताएकी छन्। आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिइन्।

ढुंगानाका अनुसार नेपाल राष्ट्र बैंकले दुई वर्षअघि नै बैंकहरूको संख्या १५–१८ को हाराहारीमा सीमित राख्नुपर्ने रिपोर्ट निकालेको थियो। यसैले अहिले बिना अध्ययन र तयारीका धमाधम नयाँ बैंक खोल्न र लाइसेन्स दिन मिल्ने अवस्था नभएको उनले भनिन्।

उनले थपिन्, ‘बैंकहरूमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्ने चर्चा अहिले धेरै छैन। कतिपय बैंकहरूमा समस्या देखिएपछि ती बैंकहरू मर्ज भएका थिए।’
डेपुटी गभर्नर ढुंगानाले यस विषयमा आधारभूत अध्ययनबिना कुनै पनि कदम चाल्न नसकिने र बैंकिङ क्षेत्रमा स्थायित्व र सन्तुलन कायम राख्न राष्ट्र बैंक प्रतिबद्ध रहेको स्पष्ट पारिन्।




प्रतिक्रिया दिनुहोस्