गभर्नर पौडेलको सम्पत्ति ३१ करोडभन्दा बढी

आर्थिक लाइभ
आर्थिक लाइभ ११ असार २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक पद धारण गरेपछि अनिवार्य रूपमा गर्नुपर्ने सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनका नाममा रहेको कुल सम्पत्ति ३१ करोड रुपैयाँभन्दा बढी रहेको छ।

१४ करोड रुपैयाँभन्दा बढीको सेयर लगानी

गभर्नर पौडेलले विभिन्न सात कम्पनीमा प्रवर्द्धक सेयरधनीका रूपमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरेका छन्। ती कम्पनीहरू सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालि हुन्।

घरजग्गा र गाडी

सम्पत्ति विवरणमा ललितपुरमा १ करोड ५५ लाख रुपैयाँको र नवलपरासीमा ६० लाख रुपैयाँ मूल्यको जग्गा रहेको उल्लेख गरिएको छ। त्यस्तै, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कारसमेत रहेको जानकारी दिइएको छ।

२७ लाखभन्दा बढी बैंक बचत

पौडेलले आफू र श्रीमती प्रतिभा शर्माको नाममा गरी २० लाख रुपैयाँभन्दा बढी रकम विभिन्न बैंक खातामा रहेको बताएका छन्। त्यस्तै, सानिमा बैंकको डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको उल्लेख छ।

सुन

सम्पत्ति विवरणमा ४५ तोला सुन रहेको पनि उल्लेख गरिएको छ, जुन गहना तथा व्यक्तिगत सम्पत्तिको रूपमा वर्गीकृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्