मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक(पूर्णपाठ)

आर्थिक लाइभ
आर्थिक लाइभ १२ जेष्ठ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। बैंकले आइतबार त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।
समीक्षामा राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार घटाएको छ। साथै अनिवार्य नगद मौज्दात गणना व्यवस्थामा सामान्य परिमार्जन गरेको छ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने जनाइएको छ।

त्यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्