प्राईम कमर्सियल बैंक अरुणखोला शाखाद्वारा वित्तीय साक्षरता सम्पन्न

आर्थिक लाइभ
आर्थिक लाइभ ६ चैत्र २०८१, बिहीबार
2 Min Read
Aa
अरुणखोला । प्राईम कमर्सियल बैंक शाखा कार्यालय अरुणखोलाले Global Money Week-2025को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय अरुणखोलाद्वारा वित्तीय साक्षरता कार्यक्रम बुधबार मध्यविन्दु न.पा.वडा नं १२ तमास्पुर, श्री यादव मा. वि.मा सम्पन्न गरेको हो ।
बैंकका टिम र प्रधानाध्यापक ज्ञानेन्द्र महतोको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका  शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत आशिष गिरी र संचालन विभाग प्रमुख हरि प्रसाद खरेलद्वारा सहभागी ५८ जना विद्यार्थी तथा १४ जना शिक्षक माझ बैंकिङ तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रदान गरिएको थियो ।
उक्त विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र महतो लगायत अन्य  शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी ५८ जना विद्यार्थीहरुको उपस्थिति उत्साह पूर्ण रहेको जानकारी बैंकका शाखा प्रमुख काफ्लेले दिएका थिए ।
वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम् ब्याज, कर्जा लगानी सहित ए.टि.एम. सेवा, क्रेडिट कार्ड, मोबाइल बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आइरहेको बैकले विधार्थी बचत खाता शुन्य मौज्दातमा खोल्न सकिने साथै पहिलो बर्ष ATM र मोवाइल बैंकिङ नि:शुल्क उपलब्ध रहेको शाखा प्रमुख टुल्का प्रसाद काफ्ले बताए ।

प्रतिक्रिया दिनुहोस्