काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई ऋणीप्रति कठोर व्यवहार नदेखाउन आग्रह गरेका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले ऋणी अप्ठरोमा परेका बेला बैंकले सहयोग गर्नुपर्ने बताएका हुन् ।

‘भन्दाचाहिँ खराब ऋणी भन्ने, तर त्यहाँ साहू खराब हुन्छ । अप्ठेरो परेका बेला सहयोग गरेर अगाडि बढ्नुपर्नेमा घाँटी निचोर्ने काम हुन्छ, ऋणी अप्ठरोमा परेका बेलामा बैंकले सहयोग गर्नुपर्छ’ प्रधानमन्त्रीले भने ।

उनले बैंकहरुले ऋण असुल्न हतारो गर्नुभन्दा व्यवसाय जोगाउने तर्फ केन्द्रित हुनुपर्ने पनि बताएका छन् ।
‘जब ऋणी अप्ठेरोमा पर्छ, तब बैंकले तिनलाई थप सहयोग गर्नु आवश्यक छ । ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ, ताकि ऋण फिर्ता गर्ने वातावरण बनोस्’ उनले थपे, ‘ऋणीले ऋण तिर्न चाहे पनि कहिलेकाहीँ परिस्थितिले अप्ठेरो पार्छ, बैंकहरूले कठोर नीति अपनाएर होइन, उचित समाधान खोजेर ऋण उठाउनुपर्छ ।’




प्रतिक्रिया दिनुहोस्