अधिकांश बैंकहरुको ब्याजदर स्थिर

आर्थिक लाइभ
आर्थिक लाइभ ३० माघ २०८१, बुधबार
4 Min Read
Aa

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार माघ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १८ बैंकले माघ महिनाकै ब्याजदर यथावत राखेका छन् । त्यस्तै माघ महिनाको तुलनामा फागुन महिनाका लागिदुई बैंकहरुले ब्याजदर घटबढ भएकाे छ ।

फागुन महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.००१ प्रतिशत रहेको छ । माघमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले बढेको छ ।

त्यस्तै संस्थागतर्फ फागुनका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.४९ प्रतिशत विन्दुमा झरेको छ । माघमा यस्तो ब्याजदर ४.५० प्रतिशत रहेको थियो ।

फागुन महिनाका लक्ष्मी सनराइज ब्याजदर घटाएकाे छ भने ग्लोबल आईएमई बैंकले ब्याजदर बढाएकाे छ। लक्ष्मी सनराइजले ०.२५ प्रतिशत बिन्दुले घटाएकाे छ भने ग्लोबल आईएमई बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत बिन्दुले बढाएकाे छ ।

त्यस्तै कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.६ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ ।

नबिल बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनका लागि माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ ।

स्ट्याण्डर्ड चार्टर्डले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तोकेको अधिकतम ब्याजदर

बैंक माघको ब्याजदर % फागुनको ब्याजदर %
कृषि विकास ५.५१ ५.५१
राष्ट्रिय वाणिज्य
नेपाल एसबीआई ५.५ ५.५
लक्ष्मी सनराइज ५.७५ ५.५
ग्लोबल आईएमई ५.७५
कुमारी ५.९१ ५.९१
प्राइम कमर्सियल ६.२५ ६.२५
नेपाल ५.६ ५.६
सानिमा ६.०५ ६.०५
सिटिजन्स ५.६५ ५.६५
नबिल ५.७५ ५.७५
इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
सिद्धार्थ
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५
माछापुच्छ्रे
प्रभु ६.१ ६.१
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
हिमालयन ६.२५ ६.२५
एभरेस्ट

 

प्रतिक्रिया दिनुहोस्