काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणानुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसपालि ४.६२ प्रतिशतले नाफामा कमी आएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुस मसान्तसम्म नौ वाणिज्य बैंकको नाफा घटेको छ । ११ वाणिज्य बैंकको नाफा बढेको छ । यो अवधिमा सर्वाधिक नाफा वृद्धि प्रतिशतका आधारमा प्रभु बैंकले गरेको छ । यो बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको छ । तर, सबैभन्दा बढी नाफा (रकम) नबिल बैंकले गरेको छ । गत वर्षको पुससम्मको नबिलको नाफा १.२९ प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा बढी नाफा घट्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको नाफा पुस मसान्तसम्म ९२.०३ प्रतिशतले घटेको छ । एनआईसी एशियाले गत वर्षको पुससम्म एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कुमारी बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ । यो बैंकले पुस मसान्तसम्म २७ करोड ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको पुस मसान्तसम्म बैंकले ६८ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकहरूको खराब कर्जा बढ्दै गएकाले नाफामा कमी देखिएको हो । पछिल्ला दिनमा बैंकले प्रवाह गरेको ऋण उठाउन नसक्दा त्यसको असर दोस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको हो ।
कुन बैंकको नाफा कति ?
| वाणिज्य बैंकहरू | २०८१/०८२ दोस्रो त्रैमाससम्मको नाफा (रु.000) |
२०८०/०८१ दोस्रो त्रैमाससम्मको नाफा (रु.000) |
नाफा फरक (प्रतिशत) |
| एनआइसी एसिया | १५१७३० | १९०३८०७ | -९२.०३ |
| प्रभु | १३३६१३८ | ७२०३४१ | ८५.४९ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | २८३२३२६ | १८०१९४४ | ५७.१८ |
| कुमारी | २७५७३० | ८६७२११ | -६८.२ |
| ग्लोबल | ३०५३४८९ | २०४२३२९ | ४९.५१ |
| एभरेष्ट | २०७४७६३ | १७१३१४८ | २१.११ |
| हिमालयन | १५१८७७० | १५०३९७४ | ०.९८ |
| एनएमबि | २००३५४० | १३७५९८७ | ४५.६१ |
| नेपाल | ४६१०१७ | ५९००५१ | -२१.८७ |
| लक्ष्मी सनराइज | ११६२०७६ | १०५९२१० | ९.७१ |
| सिटिजन्स | ६६१८२८ | ७८२७८४ | -१५.४५ |
| नबिल | ३२४४२७७ | ३२०३०७९ | १.२९ |
| प्राइम कमर्सियल | १८६९९५० | २१८२९२७ | -१४.३४ |
| सानिमा | ११९२३११ | ११३८६१४ | ४.७२ |
| कृषि विकास | ९५७५४९ | १३५५२७५ | -२९.३५ |
| नेपाल एसबिआई | ९००२८१ | ८४०५४२ | ७.११ |
| माछापुच्छ्रे | ८०७३२७ | ८०५३८० | ०.२४ |
| राष्ट्रिय वाणिज्य | ७६३०३३ | २०१५३८८ | -६२.१४ |
| सिद्धार्थ | ५३०२२९ | ११३६८२२ | -५३.३६ |
| स्टान्डर्ड चाटर्ड | १६४०६३० | १७२६४२८ | -४.९७ |
| औसत | २७४३६९९४ | २८७६५२४१ | -४.६२ |




प्रतिक्रिया दिनुहोस्