नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

आर्थिक लाइभ
आर्थिक लाइभ २९ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ। साधारणसभाले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।

साधारणसभामा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ। अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब दुई अर्ब सात करोड संकलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको बताए।

त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को असोजसम्म संकलित गरेको दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ। कोषले गत आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब सात करोड ६४ लाख कुल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाएर करपछिको खुद मुनाफा एक अर्ब १५ करोड ८७ लाख रहेको छ। नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए।

प्रतिक्रिया दिनुहोस्