माघ महिनाका लागि २ बैंकले ब्याजदर घटाउँदा एउटाले बढायो, कुन बैंकको कति ?

आर्थिक लाइभ
आर्थिक लाइभ २९ पुष २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो ।

१७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी दुई वटाले ब्याजदर घटाएका छन् यस्तै एक बैंकले ब्याजदर बढाएको छ ।

कृषि विकास बैंक र नेपाल एसबिआइ बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंकले बढाएको छ । कृषि विकास बैंकले व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ ब्याजदर तोकेको छ । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ । यस्तै लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएर व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ पुर्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्