राष्ट्र बैंकले ११.११ प्रतिशतसम्म बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य

आर्थिक लाइभ
आर्थिक लाइभ २२ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सिक्का तथा मेडालिनको मूल्य ११.११ प्रतिशतसम्म बृद्धि गरेको छ । केन्द्रीय बैंकले सुनचाँदीको मूल्य बढेको बताउँदै यस्ता धातुबाट बनेका सिक्काहरूको मूल्य संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म बृद्धि गरेको हो ।
बैंकको टक्सार महाशाखाले सूचना प्रकाशित गर्दै टकमरी सिफारिस समितिको असोज १४ गतेको निर्णयबाट महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री मूल्य पुनर्मूल्याङ्कन गरी नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।

यसअघि १८ सय रुपैयाँ पर्ने १० ग्रामको लक्ष्मी, गणेश र गजलक्ष्मी मेडालियनलाई २ हजार रुपैयाँ, ३ हजार ८ सय रुपैयाँ पर्ने १५ ग्रामको टक्सार यान्त्रिकरणलाई ४ हजार १ सय रुपैयाँ, ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियनलाई ५ हजार रुपैयाँ पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्