कुमारी बैंकको दसैं दक्षिणा अफर

आर्थिक लाइभ
आर्थिक लाइभ २१ आश्विन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंकले बडादसैं अवसरमा सेवाग्राहीलाई शुभकामनास्वरुप दसैं दक्षिणा अफर ल्याएको छ। घटस्थापनादेखि महानवमीसम्म ९ दिनका लागि दसैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको बैंकले दसैंका दिन मोबाइल बंैकिङबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा दिनेछ।

त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म ४ दिन बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बंैकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ बराबरको दसैं दक्षिणा प्राप्त गर्न सक्नेछन्।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजेदेखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्थासमेत गरिएको बैंकले जनाएको छ।

यस प्रकारको प्रोत्साहनले सेवाग्राहीमा चाडवाडमा हुने वित्तीय कारोबार विद्युतीय भुक्तानीका माध्यमबाट आकर्षित गरी डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकको छ। हाल बैंकले ३०२ शाखा, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्