ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ को दुई विधामा सम्मानित

आर्थिक लाइभ
आर्थिक लाइभ २८ भाद्र २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल गरी दुई विधामा सम्मानित भएको छ ।

बिहीबार सिङ्गापुरमा आयोजित एक समारोहमा युरो मनी म्यागेजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

सन् १९९२ मा युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रमा प्रतिष्ठित अवार्ड हो । ग्लोबल आईएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरो मनी म्यागेजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

यो वर्षको अवार्डसँगै ग्लोबल आईएमई बैंक दोस्रोपटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आईएमई बैंकले ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।

यसअघि पनि ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक अवार्ड २०२४ र बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरू हात पार्न सफल भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्